जनताको माग बमोजिम काम गर्छु – उपाध्यक्षको उम्मेदवार सिता पुलामी मगर ‘रेखा’

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार १०:०९

बैशाख, हेटौडा (मनहरी) – जनताले भने बमोजिम काम गर्ने भन्दै नेकपा माओवादी केन्द्रको तर्फबाट मनहरी गाउँपालिका उपाध्यक्षको उम्मेदवार सिता पुलामी मगर ‘रेखा’ ले घर दैलो कार्यक्रममा ब्यस्त छिन्।

आफ्ना योजना सुनाउदै घरदैलो अभियानमा ब्यस्त रेखा घर-घरमा पुग्ने सल्लाहा सुझाव लिने र आाफुले गर्ने कामको प्रतिवद्धता जनाउदै आईरहेका छन् । २०४३ सालमा जन्मेको रेखा २०५७ सालमा देश र जनताको लागी काम गर्छु भन्दै नेकपा माओवादीको जनयुद्धमा होमिएकी थिईन् ।

२०५८ सालमा तत्कालिन शाही सेनाले गिरफ्तार गरि दर्जननौ देशद्रोहीको आरोप लागेर पक्राउ परि चरम यातना खादा पनि न आत्तिएर २०६३ सालको बिस्तृत शान्ति सम्झौता पश्चात् रिहाई भएर पनि हर समय जनता कै लागि काम गरेको रेखा बताउछिन् ।

माओवादीक केन्द्र बागमती प्रदेश कमिटी सदस्य समेत रहेको रेखालाई गठबन्धनबाट मनहरी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनाएपछि बिभिन्न कार्ययोजना अघि सारेकी छन् ।

स्थानीय तहको निर्वाचनको प्रचार-प्रसारको क्रममा विभिन्न स्थानमा पुगेर स्थानीयहरु संग साक्षत्कार गर्दै सुकुम्बासी र अव्यवस्थित बस्तीलाई ब्यबस्थापन गर्न पालिकालाई समृद्ध बनाई आर्थिक आयआर्जनको बिकल्पका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।

जनताकै सपना सोच विचार अनुसार योजना ल्याई जनतालाई सुखीखुसी राख्न र समृद्ध पालिका बनाउन हामी हर समय काम गर्छौ ।” उनले भनिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*