निर्वाचन लक्षित तयारी अवस्थामा रहन वाइसिएल मनहरी अध्यक्ष झाँक्रीको निर्देशन

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ०७:१२

बैशाख, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल मनहरी गाउँकमिटी अध्यक्ष कृष्ण रुम्बा (झाँक्री)ले सबै वडा इन्चार्जहरुलाई निर्वाचन लक्षित तयारी अबस्थामा रहन निर्देशन दिएका छन् ।

यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष झाँक्रीले यस्तो निर्देशन दिएका हुन् । ‘पछिल्लो समय प्रतिगमनकारीहरु सलबलाउँदै गएका छन् ।

उम्मेदवारहरुको रक्षा र निर्वाचनमा हुने धाँधली रोक्नको निम्ति पालिका सहित १ देखि ९ नम्बर वडा सम्मको वाईसिएल टिमलाई सजग रहन निर्देशन दिनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*