माओवादी केन्द्र थाहानगरको प्रतिवद्धता पत्र सार्बजनिक

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ०६:१२

बैशाख, हेटौडा (थाहा नगर) – नेकपा माओवादी केन्द्र थाहानगरले स्थानीय तह सदस्य निर्वाचन लक्षित प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रले ३० वैशाखमा हुने चुनावका लागि ‘शिक्षा, कृषि, पर्यटन र रोजगार, सम्वृद्ध थाहानगरको आधार’ भन्ने नारासहित प्रतिवद्धता पत्र सार्वजनिक गरेको नगर प्रमुख (मेयर) का उमेद्वार विष्णु बहादुर विष्ट ‘आदर्श’ ले बताए ।

उमेद्वार विष्टले कृषि, पर्यटन र अन्य सामाजिक विकासका विषय वस्तुलाई समेत केन्द्रित गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरिएको बताए । उनले पूर्वाधार विकासको साथै सेवा प्रवाहमा समेत सफलता दिलाउने प्रतिवद्धता रहेको जानकारी दिए ।

माओवादी केन्द्रले थाहानगरमा कृषि यान्त्रिकरणमा जोड दिने, कृषकसंगको सँँझेदारीमा उन्नत खेती र बहुवर्षिय बालीको खोज अनुसन्धान गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । थाहानगरमा फलफूल खेतीको विस्तारका साथै टनेलमा आधारित खेतीलाई प्राथमिकता र प्रोत्साहन गर्ने माओवादीले प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

कृषिलाई प्रवद्र्धन गर्न प्राचीन पोखरी संरक्षण, थोपा सिंचाई, डिप बोरिङ र कृषिसंग सम्बन्धीत विद्युतीय यन्त्र प्रयोगमा समेत माओवादीले प्रतिवद्धता जनाएको छ । खेती योग्य जमिन संरक्षण गर्ने, तरकारी खेतीमा नयाँ प्रविधि भित्र्याउने तथा विऊ प्रवद्र्धनका कार्यक्रमलाई अघि बढाउने चुनावी प्रतिवद्धता पत्रमा उल्लेख छ ।

खाद्य सुरक्षालाई ध्यान दिदै नेकपा माओवादी थाहानगरले सहकारी संस्थासंग सहकार्य गरी गोदाम घर निर्माण गर्ने र अतिआवश्यकीय खाद्यन्न मौज्दात अटुट रुपमा राख्ने घोषणा गरेको छ ।

तरकारी उत्पादनको उर्वर थाहानगरमा अर्गानिक खेतीमा आकर्षित गर्ने, कृषि बीमा, सहकारी कृषि प्रणाली प्रवद्र्धन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । त्यस्तै सौर्य उर्जाबाट संचालन हुने कोल्ड स्टोरेज निर्माण गर्ने, सूचना प्रविधिसंग कृषिलाई जोड्ने, कृषि प्राविधिक शिक्षालाई विस्तार गर्ने माओवादीको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

२०७४ को स्थानीय सरकार निर्वाचित हुँदाको बखतबाटै चर्चामा रहेको भीमफेदी–सिमभन्ज्याङ केवलबार निर्माणमा माओवादीले जोड दिने प्रतिवद्धता गरेको छ । नगरमा पर्यटक भित्र्याउनका लागि रक्लाइमिङ, जीपलाइन, बन्जी जस्ता साहसी पर्यटन प्रवद्र्धन गर्न स्थानीय सहकारीसंग सहकार्य गर्ने र आयोजना संचालनका लागि संघीय सरकारसंग स्वीकृती लिने माओवादीको प्रतिवद्धता छ ।

नगरका पहिचानकै रुपमा रहेका परम्परागत नाच, संस्कृति, लोपोन्मुख र मौलिक वस्तुकलाको पहिचान र संरक्षण गर्ने चुनावी प्रतिवद्धता माओवादीको रहेको छ ।

थाहाको पर्यटन प्रवद्र्धनमा दीर्घकालिन योजना निर्माण गरी कृषि, धर्म संस्कृति, शिक्षा, जैविक विविधता लगायका विषयमा एकीकृत पर्यटन प्रवद्र्धनका योजना संचालन गर्ने प्रतिवद्धता छ । नगरका पुरातात्विक क्षेत्र तथा वस्तुको संरक्षण गर्दै पालिकाभरीको पर्यटन सम्बन्धी सूचना प्रवाहका लागि पर्यटन सूचना केन्द्र निर्माण गर्ने प्रतिवद्धता पत्रमा लेखिएको छ ।

नगरका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटक लक्षित फ्री वाइफाई सेवा शुरु गर्ने पनि जनाएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आय आर्जनको बाटो खोल्न थाहानगरमा कोशेली घर संचालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । कोशेली घरमा स्थानीय हस्तकलामा आधारित सामाग्री स्थानीय स्तरबाट खरिद गरी एकीकृत रुपमा विक्रि गरिने छ ।

नगरमा लघु तथा घरेलु उद्योग विकासका योजना तर्जुमा गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । यसका लागि स्थानीय उतपादनमा आधारित अचार, कृषि वस्तुको प्रशोधन, डेरी प्रडक्टलगायतको कार्यक्रमलाई प्रोत्साहन गर्ने माओवादी थाहानगरले जनाएको छ ।

प्रतिवद्धता पत्रमा गरिवी शुन्य नगरको विकास गर्ने महत्वकांक्षी योजना समेत समेटिएको छ । स्थानीय सीप विकासलाई प्रोत्साहन गर्दै गरिबी न्यूनीकरण गर्ने आधार लिइएको छ । नगरमा रहेका दलित तथा पछाडि पारिएका समूदायलाई आयआर्जनमा जोड्दै उनीहरुको शिक्षा र स्वास्थ्यमा नगरबाट ध्यान दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ । पालिका अन्तर्गतको टोलटोलमा ज्येष्ठ नागरिक मिलन गर्ने स्थापना गर्ने माओवादी थाहानगरको प्रतिवद्धता छ ।

प्रतिवद्धता पत्र मार्फत माओवादीले सुरक्षा नीति पनि लिएको छ । पालिका क्षेत्रका बजारका मुख्य क्षेत्रहरुमा सीसी क्यामेरा राख्ने जनाएको छ ।

थाहानगरलाई नमुना शैक्षिक हबका लागि नीति तर्जुमा गर्दै उच्च शिक्षालय स्थापना गर्ने, शिक्षालाई श्रमसंग जोड्ने नीति सहितको विकास गर्ने माओवादीको प्रतिवद्धता छ ।

त्यस्तै नगरका विद्यालयहरुमा भर्नादर शतप्रतिशत पु¥याउने, विद्यालयमा सूचना प्रविधि र वैदेशिक भाषा शिक्षा संचालन गर्ने तथा नगरस्तरीय मेडिकल कलेज स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

नगरमा खानेपानी सेवालाई दीर्घकालिन योजनासहित अघि बढाउने पनि माओवादीको योजना छ । शिलान्यास भएर निर्माण थालिएको १५ शैय्या अस्पताल स्थापना तथा वडै पिच्छे वर्थिङ सेन्टर संचालन गर्ने घोषणा पत्रमा लेखिएको छ ।

त्यस्तै जनस्वास्थ्यको सबैभन्दा तल्लो जग महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवालाई सम्मान जनक बनाउने नेकपा माओवादी केन्द्र थाहानगरको स्थानीय चुनाव लक्षित प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*