७५३ पालिका र ६ हजार ७४३ वडाका उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ०६:०३

बैशाख, काठमाडौ – निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका वडा सदस्यदेखि पालिका प्रमुखसम्मका सबै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगका अनुसार ७५३ पालिका र ६ हजार ७४३ वटा वडामा गरी जम्मा एक लाख ४५ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्या जस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ ।

झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानूनअनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । आयोगले प्रकाशन गरेका उम्मेदवारहरुको अन्तिम नामावली तल हेर्न सकिन्छ ।

https://drive.google.com/file/d/1hzC55W7HCWNV90hI7mkjroaylfamhiO_/view

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*