प्यान नम्बर लिनेको संख्या साढे ४६ लाख नाघ्यो

तामसालिङ खबर
२१ बैशाख २०७९, बुधबार ०७:२२

बैशाख, काठमाडौं – नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । २०७८ चैत्र मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मनलयका अनुसार, तीमध्ये १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका हुन् ।

यस्तै, चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार, सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*