थाहा नगरमा गठबन्धनको घरदैलो अभियान तीब्र

तामसालिङ खबर
२१ बैशाख २०७९, बुधबार ०६:१८

बैशाख, हेटौडा (थाहा नगर) – थाहा नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धनले प्रचारप्रसारलाई तीब्रता दिइरहेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलमा गठबन्धन भएको थाहा नगरका १२ वटै वडामा प्रचारप्रसारलाई तीब्रता दिइएको हो ।

थाहा माओवादी केन्द्रबाट मेयरमा विष्णु विष्ट र कांग्रेसबाट उपमेयरमा भरत गोपाली उम्मेदवार बनेका छन् । १२ नम्वर वडा बाहेकका वडामा गठबन्धन नभएपछि मेयर, उपमेयरका लागि दलिय गठबन्धनले मत मागिरहेको उपमेयरका उम्मेदवार गोपाली बताए ।

‘वडागत अवस्थामा १२ नम्वरबाहेक कुनै पनि वडामा गठबन्धन भएको छैन, ११ वटा वडामा एक्लाएक्लै चुनावी मैदानमा होमिए पनि गठबन्धनमा रहेका सबै दलले मेयर र उपमेयरका लागि प्रचारप्रसारसँगै मत मागिरहेका छन् ।’ गोपालीले भने, ‘यहाँ गठबन्धनको प्रचारप्रसार उत्साहजनक छ ।’

थाहामा यसअघि २०७४ मा पनि माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको थियो । माओवादीबाट मेयरमा लवशेर विष्ट र उपमेयरमा कांग्रेसबाट खड्ग गोपाली निर्वाचित भएका थिए ।

संयुक्त पाँच दलीय गठबन्धनमा पनि यसपटक माओवादी केन्द्र र कांग्रेसको भागमा पर्ने गरी थाहा नगरमा तालमेल गर्दा जितका लागि सहज भएको मेयरका उम्मेदवार बिष्टले बताए । उनले घरदैलो, जनतामा गठबन्धनको प्रतिबद्धता पु¥याउने र जनताका समस्यालाई मुख्य एजेन्डा बनाएर प्रचारप्रसारमा जुटेको जानकारी दिए ।

‘हामी मेयर, उपमेयरका उम्मेदवार दुबै संयुक्त प्रचारप्रसारमा लागि रहेको र वडावडामा रुपमा जनताको उत्साहजनक सहभागिता छ ।’ उनले भने, ‘यसअघि माओवादी, काँग्रेसबाट मेयर उपमेयर निर्वाचित भएपछि जनताका समस्या समाधान र नगरको विकासलाई तीब्रता दिइएका कारण यसपटक पनि जनताले विश्वास गर्नेमा हामी विश्वस्त छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*