मनहरी वडा न ३ मा माओवादीद्वारा घर दैलो कार्यक्रम तीब्र

तामसालिङ खबर
२१ बैशाख २०७९, बुधबार ०६:१०

बैशाख, हेटौडा (मनहरी) – आसन्न स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिका वडा नम्बर-३ को वडा अध्यक्ष पदमा माओवादी केन्द्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका सन्जिब पाठकले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

उनले मनहरी -३ को विभिन्न टोलमा पुगेर मत मागिरहेका छन् । उनी जनताको घरदैलोमा पुगेर त्यहाँको समस्याबारे जानकारी लिने, सुझाव ग्रहण गर्ने कार्यमा व्यस्त देखिएका छन् । पाठकले आफ्नो चुनावी घोषणापत्र वितरण गर्ने र उल्लेखित बुँदामाथि व्याख्या विश्लेषण गरिरहेका छन् ।

‘जनताले पटक–पटक जिताएका उम्मेदवारहरुबाट धोका मात्रै पाएका छन् । निर्वाचनपूर्व जनतासामु प्रतिवद्धता गर्ने र चुनाव जितेपछि जनता विर्सने रोग पुरानै हो । त्यसकारण अब जनताले विकल्प खोजिरहेका छन् ।

मैले अघिल्लो स्थानीय निर्वाचनदेखि अभियान चलाइरहेको छु । माहौल राम्रो छ सबैको सहयोग पाए चुनाव जितेर जनताको पक्षमा काम गर्छु ।’ पाठकले भने । सबै सबैको घर दैलोमा पुगेको छु । चुनाव जिते मात्रै होइन, हारेपनि म उहाँहरुको घर आँगनमा फेरी पुग्छु उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*