राक्सिराङको पालिका नेतृत्व अब चेपाङले गर्छ – कृष्ण बहादुर चेपाङ

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार १३:४६

बैशाख, हेटौडा (राक्सीराङ) – यहि बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा राक्सिराङ गाँउपालिकाका लागि अध्यक्षका उम्मेरदवार दिएका नेकपा एकीकृत समाजबादी राक्सिराङका ईन्चार्ज कृष्ण बहादुर चेपाङले राक्सिराङमा अवको नेतृत्व चेपाङ समुदायले गर्नु पर्ने बताएका छन ।

आदिमकाल देखि यहि बसोबास गर्ने गर्ने चेपाङलाई राज्यबाट नै नेतृत्व तहमा पुग्न सहयोगीको भुमिका नखेलेको र राक्सिराङको जनताले अबको नेतृत्व चेपाङ समुदायलाई जिम्मा दिनेमा आफु विश्वस्त रहेको बताए ।

बैशााख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एकिकृत सामाजवादीलाई राक्सिराङको जनताले विश्वास गरि जिताउनेमा आफु विश्वस्त रहेको बताए । पार्टी र आफ्नो उम्मेदवारलाई जनताले विश्वास गर्ने प्रशस्त आधारहरु रहेको पनि उनको भनाई छ ।

हामीसंग जनताले प्रत्यक्ष अनुभुति गर्ने खालका भिजनहरु छन । त्यसैले अब हामी द्रुत गतिमा योजनाहरुलाई कार्यन्वयन गर्न तिर अघि बढ्छौ । गत स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताको दैनिकी संग जोडिएको खानेपानी, बिद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा चित्त बुझ्दो काम नगरेकाले अवकोे नेतृत्व आफुले गर्न चाहेको चेपाङको भनाई छ ।

चेपाङले राक्सिराङमा गुणस्तरिया शिक्षाका लागि पहल गरि निशुल्क रुपमा बालबालिकालाई शिक्षा प्रदान गर्ने उनको योजना छ । त्यसै गरि जनता आवास कार्यक्रमलाई थप ब्यवस्थीत गरि एकीकृत वस्तिको अवधारण निर्माण गरेको उनले बताए ।

त्यस्तै, कृषि क्षेत्रमा बजेट ब्यवस्थापनमा विशेष जोड दिई स्थानिय युवाहरुलाई रोजगारको ब्यवस्थापन गर्न पहल गरिने बताए । चेपाङको पहिचानको रुपमा परिचित कन्दमुलको उचित संरक्षण र प्रबर्द्धनमा विशेष जोड दिने उनको योजना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*