मेरो प्रतिष्पर्धा कर्पोरेट मालिकहरुको लगानी छ – भिमलाल थिङ

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार १३:१९

बैशाख, हेटौडा (राक्सिराङ) – यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा राक्सिराङ गााउपालिका वडा नम्बर-४ को वडा अध्यक्षका लागि उम्मेरदवारी दर्ता गरेका माओबादी केन्द्र राक्सिराङका नेता भिम लाल थिङले वडालाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन ।

गाँउ विकासका लागि भिजन चाहिन्छ त्यो भिजन म र मेरो पार्टीमा छ ,त्यसैले आफ्नो भिजनलाई ब्यवहारमा लागु गरि ४ नम्बर वडालाई समृद्ध बनाउने प्रतिबद्धता जनाए ।

भौगोलिक विकटताका कारण विकास निर्माणमा केहि समस्या भए पनि जनताले निर्वाचित गराएमा सहजै विकास निर्माणको कामलाई निरन्तरता दिने बताए ।

विकासको पहिलो खुड्किलो बाटो घाटो भएकाले प्रत्येक टोल–टोलमा सडक पुर्याउने थिङले बताए । युवाहरुलाई स्थानिय स्तरमा रोजगारमा लाग्न लागि कृषिमा आधारित बिभिन्न ब्यवासाय सञ्चालनका लागि कृषि अनुदानको ब्यवस्था गरिने थिङको भनाई छ ।

बिजुली बिस्तार हुन नसकेको स्थानमा विजुली बिस्तार गरिनुका साथै खानेपानी ,बालबालिकाहरुलाई गुणस्तर शिक्षाको प्रबन्ध गरिने प्रतिबद्धता जनाए ।

त्यस्तै, जनप्रतिनिधि आफूमुखी भन्दा पनि जनतामुखी हुनुपर्ने बताए । जनताको मत दुरुपयोग गरेर आफ्नो निजि स्वार्थले गाडी मेसिन र घरबंगला खरिद गर्ने बिगतका जनप्रतिनिधिलाई जनताले नै पहिचान गरिसकेको बताए ।

कर्पोरेट मालिकहरुको लगानीसंग आफू चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको अध्यक्ष थिङ्गले बताए । हामी गठबन्धनबाट चुनाब लडेको र पार्टिको दिशा–निर्देशलाई ईमानदार पुर्वक पालना गरेर चुनावी अभियानमा लागिरहेकोले जनताको मन जितेर मत पाउने कुरामा ढुक्क रहेको अध्यक्षका उम्मेदवार थिङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*