५ वर्ष भित्रमा नमुना वडा बनाउने योजना छ – ईमान सिं मोक्तान

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार ११:१४

बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्वर-८ का वडा अध्यक्षका उम्मेदवार ईमान सिं मोक्तानले ५ बर्ष भित्रमा वडालाई नमुना वडा बनाउने बताए ।

आफुले जितेको खण्डमा एक वर्ष भित्र जनताले अनुभब गर्न सक्ने गरि कार्यकाल भित्रमा बिकासको सबै काम पुरा गर्ने उद्घोष गरे । उहाँले युवाको नेतृत्व बिकासका गराउनका लागी , सामाजिक क्षेत्रमा युवा वर्गलाई अगाडि बढाउनका लागी आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले शिक्षा,स्वास्थ्य, खेलकुद, भौतिक बिकास, बालबालिका र युवामा बौद्धिक बिकासको लागि हरेक ३ महिनामा जनचेतना मुलक कार्यक्रम संचालन गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*