हेटौंडा आएर ओलीले गरे देउवा, प्रचण्ड र नेपालको सत्तोसराप

तामसालिङ खबर
१८ बैशाख २०७९, आईतवार १८:५३

बैशाख, हेटौंडा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई सत्तोसराप गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हेटौंडामा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले कांग्रेस, माओवादी र एकिकृत समाजवादीका नेतृत्वप्रति कटाक्ष गरेका हुन् ।

भरतपुरमा माओवादीकी रेणु दाहाललाई पुनः मेयरमा उठाउने सन्दर्भलाई लिएर ओलीले भने–‘कांग्रेसलाई अरुलाई लिएर हिँड्न लाज लागेछ, भरतपुरको सभामा गएर कांग्रेसले के मा भोट माग्छ ? कार्यकर्तालाई धम्क्याउने, लोभ्याउने , थर्काउने , लोपलाप देखाए पनि त्यहाँको कार्यकर्ताले स्विकार्ने पक्षमा छैनन् , यही अफ्ठयारो छ उनीहरुलाई, उनीहरु सकेसम्म निर्वाचन नगर्ने पक्षमा छन्, ढुक्क हुनुहोस् बैशाख ३० गते निर्वाचन हुन्छ ।‘ उनले कांग्रेसको घोषणापत्रबारे पनि व्यंग गरेका छन् ।

कांग्रेसको घोषणापत्रमा पार्टी सभापतिको नाम ८ ठाउँमा र प्रतिपक्षी एमाले अध्यक्षको नाम ४२ ठाँउमा लेखेको भन्दै ओलीले एमालेको नाम १ सय ८ पटक जप्नुपर्ने बताए । मञ्चमा बोलिरहँदा कुनै पार्टीको अध्यक्ष/सभापतिको बारे भनिरहन नपर्ने बताउँदै गर्दा पटक÷पटक सत्तारुढ दलको विषयमा कदाक्ष गरे । सोहीक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डलाई ठेकीको विर्कोको संज्ञा दिए । ‘ प्रचण्डको पार्टी ठेकीको विर्को जस्तै लाग्यो , ठेकीको विर्को देखेर मैले प्रचण्ड सम्झिए, प्रचण्डको टाउँको मात्रै छ, ठेकीभित्र केहि छैन ।’

प्रचण्डको राजनीति छोरीलाई भरतपुरको मेयर, आफ्नो र बुहारीलाई संसदीय चुनाबको ठाँउ माग्नकै लागि रहेको ओलीको आरोप थियो । अध्यक्ष ओलीले पार्टीबाट विभाजित भएर गएका माधव कुमार नेपाललाई कुलंगारको नामले पुकारेका छन् । ‘ माधव कुमारको नाम लिएर म एकछिनमा मुख कुल्ला गर्छु, त्यस्ता कुलंगारको नाम किन लिनु ?– उनले भने ।’

ओलीले पाँच दलिय गठबन्धनलाई लुतोको संज्ञा पनि दिए । उनले साउन फाल्ने लुतो जेठ १ गते फाल्न तयार रहेको अभिव्यक्ति दिए । उनले देश बनाउन दृढ संकल्पका साथ एमाले अगाडी बढेको बताए । एमालेको राष्ट्र निमार्णको अभियान रोक्न देशी विदेशी शक्ति लागि परेको समेत आरोप लगाए । उनले पार्टी राष्ट्र निमार्णको अभियान हारे देश हार्ने जिकिर गर्दै एमालेलाई हार्न दिन हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*