कमान सिँ पाख्रिन (पृथक) द्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

तामसालिङ खबर
१५ बैशाख २०७९, बिहीबार ०५:४९

बैशाख, हेटौडा (बागमती) – बागमती गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदकाे लागि कमान सिँ पाख्रिन (पृथक) काे उम्मेदवारी दर्ता भएकाे छ । निर्वाचन आयाेगले दिएकाे उम्मेदवार दर्ता सम्बन्धि अन्तिम दिन आयाेगकाे कार्यलय झुरझुरेमा नाम दर्ता गर्नु भएकाे हाे ।

आफुले ३ नम्बर वडामा विजय भए पश्चात अव्यवस्थित बसाेबास र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बताईएकाे छ । वेराेजगार युवाहरुलाई राेजगारी दिने, कृषि उत्पादनलाई प्राथमिकता दिने, राईगाँउ- धियाल सडककाे स्तर उन्नती गर्ने, वृद्ध भत्ता घरमै पुर्याउन पहल गर्ने र शहिदकाे सपना पूरा गर्दै जनताकाे मतकाे मात्र नभएर मनकाे प्रतिनिधित्व गर्ने वताउनु भएकाे छ ।

त्यस्तै, सुचना तथा सञ्चारबाट वञ्चित भएका ३ नम्बर वडावासीलाई सुचना संचारको पहल गर्ने । गढन-देउजोर हुँदै चन्द्रपुर सडक निर्माणमा जोड दिने । स्वास्थ्य सेवाका लागि एम्बुलेन्सको पहलमा जोड दिने । तिनतले-गढन-माझीटोल सल्लेनी कृषि रिङ सडक निर्माणमा प्राथमिकता दिने ।

आफुले पाउने सेवा सुविधाकाे केही प्रतिशत रकम गरिव तथा विपन्न विदयार्थीलाई छात्रावृत्ति काेष स्थापना गर्ने जस्ता कुरा वताउनु भएकाे थियाे ।

२०५८ सालदेखि माआेवादी जनयुध्दमा हाेमिएका पाख्रिन नेकपा माआेवादी केन्द्र बागमती प्रदेश परिषद कमिटी सदस्य समेत रहनु भएकाे छ । वडामा दलित महिला सदस्य निर्विराेध निर्वाचित भैसकेकाे छ । वडा सदस्यहरुमा तुल बहादुर मुक्तान, भगवती माझी र रतन बज्युकाे नाम दर्ता भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*