‘कबड्डी ४’को ट्रेलर रिलिज

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १८:३८

बैशाख, काठमाडौं – रामबाबु गुरुङको बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’को ट्रेलर रिलिज भएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका ‘कबड्डी ४’को ट्रेलर बुधबार सुष्मा प्रोडक्शन ग्लोबल युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक ट्रेलरमा यो पटक पनि मुख्य पात्र काजी (दयाहाङ राई) को विहे हुन्छ कि हुदैन भन्ने कुरालाई सस्पेन्समै राखिएको छ ।

आगामी जेठ १३ बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘कबड्डी ४’मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, सारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनीमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई विशाल गुरुङ, सुश्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द्र रौनियरले निर्माण गरेका हुन् ।

ट्रेलर हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*