नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १८:०१

बैशाख, काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९१ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २५२ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १२ लाख ३ हजार ५९० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*