मनहरीमा दुग्ध उत्पादनको व्यवसाय बिस्तारसम्बन्धी अन्तरक्रिया

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १७:२६

बैशाख, हेटौंडा (मनहरी) – दूध उत्पादक कृषक, व्यापारी तथा सरोकारवालाबीच व्यवसाय बिस्तार सम्बन्धी अन्तरक्रिया गोष्ठी भएको छ । सोमबार मनहरी ३ लामीटार स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा कार्यक्रम भएको हो ।

कृषि विकास बैंक कान्तिराजपथको आयोजना र कृषि विकासको लागी अन्तर्राष्ट्रिय कोष (आईएफएडी) तथा अर्थ मन्त्रालयको साझेदारीमा कार्यक्रमको आयोजना भएको हो। कार्यक्रममा किसानको दूध उत्पादनको अवस्था, दूध उत्पादक किसानको समस्या, दूधको व्यापारको बारेमा छलफल भएको थियो ।

दूध किन्ने व्यापारी र किसान बिच अन्तरक्रिया, कृषि कर्जा, किसान क्रेडिट कार्ड, किसान एप्लिकेशन बारे पनि छलफल भएको कृषि विकास बैंक कान्तिराजपथका आपूर्ति श्रृंखला सहजकर्ता ईश्वर राज पन्तले जानकारी दिनुभयो । किसान र व्यापारीको उत्पादन व्यापार कसरी बढाउने र दूध उत्पादक किसानको समस्या समाधानको बारेका छलफल भएको उहाँले बताउनुभयो ।

किसानहरुले दानाको र घासँको समस्या बताएकामा त्यसमा गाँउपालिकाले सहयोग गर्ने भएको छ । गाईबस्तुको उपचारका लागी गाँउपालिकाले सहयोग गर्ने सहजकर्ता पन्तले बताउनुभयो । हाल मकवानपुर जिल्लामा ४५ हजार लिटर दूधको उत्पादन रहेकोमा बजारको माग ७० हजार लिटर रहेको मकवानपुर जिल्ला संघको अनुमान छ । कार्यक्रममा ५७ जनाको उपस्थिति रहेको थियो ।

मकवानपुर जिल्ला दुध उत्पादक सहकारी संस्था लिमिटेडका व्यावस्थपक कुमारमणी दाहालको प्रमुख आतिथ्यता र कृषि विकास बैंक कान्तिराजपथका प्रबन्धक धुव्र प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा दाना किसान सहकारी संस्थाका व्यवस्थापक सुरेन्द्र तितुङ, मनहरी गाँउपालिकाका भेटेनरी शाखा प्रमुख करुन कुमार ठाकुरको बिशिष्ट आतिथ्यतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*