मकवानपुरका ३ स्थानीय तहका ६ जना उम्मेदवार बिरुद्ध उजुरी

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १४:०७

बैशाख, हेटौडा – यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको छ । मकवानपुरका १० स्थानीय तह मध्ये ३ स्थानीय तहमा उम्मेदवार विरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकामा र बकैया गाउँपालिकामा गरी ६ जना उम्मेदवारमा उजुरी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर हेटौंडा-१९ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदी माथि करछलीको आरोपमा उजुरी परेको छ । यस्तै, मनहरी गाउँपालिकामा उपाध्यक्ष र ३ नम्बर वडा अध्यक्षका उम्मेदवार बिरुद्ध उजुरी परेको छ ।

उजुरी पर्नेमा नेकपा एकिकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको मनिला विष्ट विरुद्ध उजुरी परेको छ । उपाध्यक्षको उम्मेदवार विष्टलाई गाउँपालिका भित्र बेरुजु र अक्तियारको मुद्दा छानविन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो । यस्तै, ३ नम्बर वडाका उम्मेदवार नेपाली काँग्रेसका अनन्त प्रसाद अर्याल माथि विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको हो ।

त्यसैगरी, बकैया गाउँपालिकामा ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ । उजुरी पर्नेमा नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवारी छावा अधिकारी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका भक्त बहादुर खत्री विरुद्ध उजुरी दर्ता भएको छ ।

५ नम्बर वडाका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारमा उजुरी दर्ता भएको र १६ गतेसम्म छानविन हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यस्तै राक्सीराङ गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका, थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, मकवानपुर गढी गाउँपालिका र भिमफेदी गाउँपालिकामा कुनैपनि प्रकारको उजुरी नपरेको स्थानिय निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*