नेकपा माओवादी केन्द्र मनहरी ५ बाट वडाअध्यक्षमा दिपेन्द्र अधिकारीको उम्मेदवारी दर्ता

तामसालिङ खबर
१३ बैशाख २०७९, मंगलवार १४:०४

बैशाख, हेटौडा (मनहरी) – यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्बर ५ बाट वडा अध्यक्ष पदको लागि दिपेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्।

सोमबार दिउँसो डिल्लिपुरबाट बाजागाजा सहित र्याली गरि बसन्तपुर, दर्दरा, रजैया हुँदै निर्वाचन अधिकृतको कार्यालय लामीटारमा पुगी वडाअध्यक्ष पदको उम्मेदवार अधिकारी सहित ४ जना सदस्यहरुले उम्मेदवारी दर्ता गरेको हो ।

वडाअध्यक्ष पदको उम्मेदवार अधिकारी सहित सदस्यहरुमा बुद्धि बहादुर स्याङ्तान, हिरालाल पाख्रीन महिला सदस्य सरला थापा र दलित महिला सदस्य सन्जिता परियार रहेका छन् । उम्मेदवारी दर्ता कार्यमा वडाका नेता कार्यकर्ताहरुको बाक्लो सहभागी रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*