नेकपा एस मनहरीबाट अध्यक्षमा नारायण श्रेष्ठ र उपाध्यक्षमा मनिला विष्टको उम्मेदवारी दर्ता

तामसालिङ खबर
१३ बैशाख २०७९, मंगलवार १०:३६

बैशाख, हेटौडा (मनहरी) – गठवन्धनबाट पछि हटेको नेकपा (एकिकृत समाजवादी) मनहरीले गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित सबै वडाको जनप्रतिनिधीहरुले उम्मेदवारी दर्ता गरेको छ ।

सोमबार नेकपा (एस) का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको नेतृत्वमा उम्मेदवारी दर्ता गरेको हो ।

नेकपा (एस) बाट गाउँपालीका अध्यक्षमा नारायण श्रेष्ठ र उपाध्यक्षमा मनिला विष्टको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ नेकपा (एस)का मनहरी गाउँकमिटी अध्यक्ष समेत हुन् भने उपाध्यक्ष पदका उम्मेदवार विष्ट पार्टिको जिल्ला सदस्य तथा गाउँपालीकाका निवर्तमान उपाध्यक्ष पनि हुन् ।

गठवन्धनबाट अघि बढ्ने भानियता पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा आफुहरुलाई छुटाएको भन्दै नेकपा (एस) एकल प्रतिष्पर्धामा होमिएको हो । जिल्ला सदस्य साधुराम अधिकारी र मनहरी इन्चार्ज भुमीनन्दन अर्जेल स्वतन्त्र प्रतिष्पर्धामा होमिएका छन् ।

निवर्तमान मनहरी ९ का वडाध्यक्ष समेत रहेका अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् भने इन्चार्ज अर्जेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*