मकवानपुरमा टुंगियो, गठबन्धनको भागबण्डा

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार १५:२१

बैशाख, हेटौडा – सत्तारुढ गठबन्धनले मकवानपुर जिल्लाको भागबण्डा टुंग्याएको छ । मकवानपुरमा ५ वटा स्थानीय तह कांग्रेस, ३ वटा माओवादी केन्द्र र २ वटा नेकपा (एकीकृत समावजादी)ले प्राप्त गरेको छ ।

कांग्रेसले वकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख प्राप्त गरेको छ । माओवादी केन्द्रले थाहा नगरपालिका, वाग्मती र भीमफेदी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने भएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार नेकपा (एस) ले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोबर गाउँपालिका प्रमुख प्राप्त गरेको छ । गठबन्धनले केही समयभित्र पालिका अनुसार प्रमुख र उपप्रमुख समेत टुंग्याउने र सार्वजनिक गर्ने तयारी समेत भइरहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*