माओवादी केन्द्रबाट वडाअध्यक्षमा युवा उम्मेदवारको बर्चस्व

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार ०७:१०

बैशाख, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँ कमिटीले यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी सबै वडा अध्यक्षको उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।

सबै वडामा अध्यक्षका उम्मेदवार विवाद रहित तरिकाले सर्वसम्मत चयन गर्न सफल भएको मनहरी इन्चार्ज राजकुमार पाख्रिनले बताउनु भयो।

वडा अध्यक्षको उम्मेदवारमा मनहरी वडा नम्बर १ मा बद्री प्रसाद उप्रेती, २ मा राजकुमार पाख्रीन, ३ मा सन्जीव पाठक, ४ मा प्रकाश थापा, ५ मा दीपेन्द्र अधिकारी, ६ मा यदुनाथ श्रेष्ठ, ७ मा खुसीलाल मुक्तान, ८ मा इमानसिंह मुक्तान र ९ मा बलराम अर्याल वडाध्यक्षको लागि उम्मेदवार रहेका छन ।

यो पटक माओवादी केन्द्रले ९ जना मध्ये ७ जनालाई पछिल्लो युवा पुस्ताकालाई उम्मेदवार बनाएका छन । वडा नम्बर ७ र ९ का उम्मेदवार भने शिक्षण सेवाबाट सेवा निवृत भएका गाउँ समाजलाई परिवर्तन गर्न सक्ने भिजन भएका ब्यक्तिलाई उम्मेदवार बनाएका छन ।

माओवादी केन्द्र अन्य कम्युनिष्ट पार्टी भन्दा फरक र सहि भिजन भएका कम्युनिष्ट पार्टी भएका कारण यसपटक बढी जसो युवापुस्ताकालाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको माओवादी केन्द्र मनहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*