स्थानीय तह निर्वाचन : माओवादी केन्द्र मनहरी ३ बाट वडाअध्यक्षमा सन्जिब पाठकलाई सिफारिस

तामसालिङ खबर
६ बैशाख २०७९, मंगलवार ०७:०१

बैशाख, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्बर ३ कमिटीबाट यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा युवा नेता सन्जिब पाठकलाई वडाअध्यक्षको लागि नाम सिफारिस गरिएको छ।

३ नम्बर वडा कमिटीको सोमबार बसेको बैठकले वडाध्यक्ष सहित ४ जना सदस्यहरुको नाम सर्बसम्मत टुङ्गो लगाएको हो । कमिटिले वडाध्यक्षमा पाठक सहित सदस्यहरुमा उमेश गौतम, पुर्णबहादुर घलान (सुरेन्द्र), चमेलीमाया रुम्बा र उर्मीला सुनारलाई सिफारिस गरेको हो ।

भूमिगत बिद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका थिए। राजनिति क्षेत्रदेखि बिभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक कार्यमा ब्यस्त छन्।

राजनिती क्षेत्रमा काम गरेको अनुभव र शैक्षिक क्षेत्रमा पनि सफल भएको बताउने हाल पार्टी जिल्ला समन्वय समिती सदस्य समेत रहेका उनि गाउँ कमिटि सचिवको रुपमा रहेको छ।

आफु विजयी भएपछी वडाबसीको चाहाना र योजना अनुसारै काम गर्ने र ५ वर्षको कार्यकालमा सिमान्तकृत र भुमिहिनको लागि व्यवस्थित बसोबासको व्यवस्था गर्ने, बेरोजगारहरुलाई रोजगारीको चासोमा काम गर्ने र नागरिकहरुलाई निराश हुन कहिल्यै नदिने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*