नेपाल टेलिकमको नयाँ ‘स्प्रिङ अफर’ सार्वजनिक

तामसालिङ खबर
६ बैशाख २०७९, मंगलवार ०८:०२

बैशाख, काठमाण्डौ – नेपाल टेलिकमले नयाँ स्प्रिङ अफर सार्वजनिक गरेको छ । टेलिकमले सोमबार देखि उक्त अफर उपलब्ध हुने जानकारी दिएको हो । टेलिकमले अफरमा पाँच सय ९९ रुपैयाँ देखि एक हजार चार सय ९९ रुपैयाँसम्मका अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ ।

कम्पनीका अनुसार अबदेखि नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका प्याक मार्फत कम्पनीभित्रका नेटवर्कमा असीमीत कुराकानी गर्न सकिनुका साथै अन्य सेवाप्रदायकको नेटवर्कमा पनि असिमित कुराकानी गर्न सकिने छ ।

यी प्याकहरुमा प्रतिदिन दुई जिबि र चार जिबि डेटा तथा प्याक अवधिमा चार सयवटा र एक हजारवटा अल नेट सन्देश पठाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*