विमानस्थलका एटीएम मेसिन बनाउन गृहमन्त्रीको निर्देशन

तामसालिङ खबर
६ बैशाख २०७९, मंगलवार ०६:५६

बैशाख, काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको बिग्रिएका एटीएम मेसिन बनाउन निर्देशन दिएका छन् ।

एटीएम मेसिन बिग्रिएपछि यात्रुले सास्ती खेप्नुपरेको समाचार प्रकाशन भएपछि गृहमन्त्रीले विमानस्थललगायत सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला तथा कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर गृहमन्त्रीले उक्त निर्देशन दिएका हुन्।

‘मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे जानकारी लिँदै तत्काल सुधार्न निर्देशन दिनुभएको छ,’ प्रवक्ता पोखरेलले भने। गृहमन्त्री खाणले विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिन आवश्यक व्यवस्था मिलाउनका साथै विमानस्थलभित्र रहेका बैंकका एटिएम मेसिन बिग्रिएको भन्दै यात्रुको गुनासो आएको भन्दै तत्काल समस्या समाधानका लागि निर्देशन दिए। नुभएको छ।

तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि उनले निर्देशन दिएको प्रवक्ता पोखरेलले बताए। बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता पोखरेल, कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीको समेत सहभागिता थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*