हेटौंडाको मेयरमा कांग्रेसबाट पराजुली सहित ३ जनाको नाम सिफारिस

तामसालिङ खबर
६ बैशाख २०७९, मंगलवार ०६:५४

बैशाख, हेटौडा – यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगर प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट ३ जनाको नाम सिफारिस गरिएको छ ।

सोमबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले हेटौंडाको मेयरका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो।

त्यसैगरी, उपप्रमुखमा पनि ३ जनाको नाम सिफारिस गरिएको छ । अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम उपमेयरका लागि सिफारिस गरिएको छ।

नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले जानकारी दिए ।

नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडानगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका थिए।पराजुली हेटौंडानगर निवर्तमान सभापतिका साथै प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*