स्वच्छ छवि र इमानदार व्यक्ति हाम्रो उम्मेदवार रहन्छ – अध्यक्ष गलान

तामसालिङ खबर
४ बैशाख २०७९, आईतवार ०८:२५

बैशाख, हेटौडा (मनहरी) – यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मनहरी गाउँपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वच्छ छवि, इमान्दार र कुसल नेतृत्व गर्न सक्ने उम्मेदवार आउने वडा पार्टी कमिटिका अध्यक्ष गोविन्द गलानले बताए ।

कमिटी भित्र सहमति गरेर इमानदार र स्वच्छ छवि भएका ब्यक्तिलाई उम्मेदवारको लागी सिफारिस गरिने उनले बताए । विबाद रहित वातावरणमा उम्मेदवार छन्न कमिटीका सबै पदाधिकारीहरु सकारात्मक रहेको उनको भनाइ छ ।

अन्य वडाको तुलनामा दुई वर्गीय धरातलको समुदाय रहेको हुदा यसलाई समन्वय गरि समृद्ध र नमुना ७ नम्बर वडा बनाउने पार्टीको योजना रहेको समेत बताए । त्यसका साथै किसान मजदुरको समस्या पहिचान गरि समाधान पनि मुख्य कर्तव्य हुने छ ।

पर्यटकीय हिसाबले निकै सम्भावना भएकाले यस वडाको विभिन्न स्थानमा पर्यटकीय क्षेत्रको पहिचान गरि दोस्रो सौराहाको रुपामा बिकास गरि स्थानीयको आर्थिक स्रोतको बिकासमा टेवा पुर्याउने बताए ।

त्यस्तै, ७ नम्बर वडा भित्र रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अङ्ग्रेजी माध्यमबाट कक्षा सन्चालन गरिने लक्ष्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*