देशभर थप ९ जनामा कोरोना पुष्टी

तामसालिङ खबर
३ बैशाख २०७९, शनिबार १६:२१

बैशाख, काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४३ जनाको आरटी-पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९८६ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र २ हजार ५७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो, सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८१५ पुगेको छ । हाल नेपालमा ४ सय जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*