मनहरी गाउँपालिका अध्यक्ष उपाध्यक्षको लागि नेकपा एसबाट ४/४ जनाको नाम सिफारीस

तामसालिङ खबर
३० चैत्र २०७८, बुधबार ०७:५१

चैत्र, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टि (एकिकृत समाजवादी) मनहरीबाट अध्यक्ष उपाध्यक्षको लागि ४/४ जनाको नाम सिफारीस गरीएको छ । मंगलबार बसेको पुर्ण विस्तारीत वैठकले मनहरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षको आकांक्षीहरुमध्ये सहमतीमा ४/४ जनाको नाम सिफारीस गरीएको हो ।

अध्यक्ष पदमा मकवानपुर जिल्ला कमिटी सदस्य तथा मनहरी सह-ईन्चार्ज मनिला विष्ट, मनहरी गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठ , जिल्ला कमिटी सचिवालय सदस्य विरेन्द्र डिसी र जिल्ला कमिटी सदस्य साधुराम अधिकारीको नाम सिफारीस गरीएको छ ।

त्यसैगरी, उपाध्यक्षमा मनहरी गाउँपालीका ईन्चार्ज भुमीनन्द अर्याल, मनहरी गाउँकमिटी उपाध्यक्ष आशा वल, प्रचार प्रसार विभागका केन्द्रिय सदस्य रामकुमार एलन र जिल्ला कमिटी सदस्य चन्द्रा भुषलको नाम सीफारीस गरीएको हो ।

बुधबार (आज) ९ वटै वडाका अध्यक्ष तथा सदस्यहरुको टुङ्गो लगाउने योजना रहेको इन्चार्ज अर्यालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*