हेटौंडा उपमहानगरको मेयर उपमेयरका लागि एमालेबाट ३/३ जनाको नाम सिफारिस

तामसालिङ खबर
३० चैत्र २०७८, बुधबार ०८:२९

चैत्र, हेटौडा – आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा एमाले हेटौंडा उपमहानगरपालिकाको मेयरमा ३ जनालाई सिफरिस गरेको छ ।

मंगलबार भएको एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले मेयरको लागि ३ जना र उपमेयरको लागि ३ जना गरी ६ जनाको नाम सिफारिस गरेको हो ।

मेयरमा सिफारिस हुनेमा वर्तमान मेयर हरिबहादुर महत,संविधान सभा सदस्य अनन्त प्रसाद पौडेल र गणेशकुमारी प्रधान रहेका छन् । त्यस्तै बैठकले उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*