नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

तामसालिङ खबर
२९ चैत्र २०७८, मंगलवार ०८:२३

चैत्र, काठमाण्डौ – नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु ४९ मा उपलब्ध हुनेछ ।

यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसका साथै रु २०० देखि रु ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक र रु ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*