मनहरीका प्रकाश तामाङको ‘डिम्पल’ सार्बजनिक (भिडियो)

तामसालिङ खबर
२७ चैत्र २०७८, आईतवार ०७:४५

चैत्र, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी निवासी प्रकाश तामाङले पहिलो पटक अभिनय गरेको ‘डिम्पल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हेटौंडा म्युजिक क्रीयशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत छिरिङ दोर्जे लामाको शब्द सङ्गीत, बिकास लामाको आवाज र कार्साङ लामाको अरेन्जमेन्ट रहेका छन ।

सेन्चुरी कमर्सियल बैंक मनहरी शाखा कार्यरत प्रकाश तामाङ्लाई यस भिडियोमा एलिजा तामाङले साथ दिएका छ्न । प्रकाश र एलिजाको अभिनय रहेको भिडियोलाई एलिजा तामाङले निर्माण गरेका हुन ।

त्यसो त प्रकाशले यस अघि नै ३ ओटा तामाङ सेलो गाईसकेका छन । उनको पहिलो गीत ‘ख्रेन्बा आरे माया’ दोस्रो ‘सोल्टिनी’ र तेस्रो गीत ‘हाम्रो त बाजेले’ बोलको गीत रहेका छन भने ‘सोल्टा ज्यु’ बोलको गीतको पनि छिट्टै बजारमा ल्याउने तयारी छ्न ।

सानै उमेर देखि नै नाच्न र गाउन खप्पिस प्रकाश अभिनय र गीतसङ्गितमा आफ्नो छुट्टै पहिचान बनाउन लागि तल्लिन छ । मकवानपुरको कर्णाली भनेर चिनिने राक्सिराङ-८ जाबाराङमा जन्मिएका हुन् ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*