बागमती प्रदेशमा टाइफाइडविरुद्ध खोपको शुभारम्भ

तामसालिङ खबर
२४ चैत्र २०७८, बिहीबार १८:५२

चैत्र, हेटौंडा – सरकारले नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सरु गर्दैछ। भोलि चैत २५ गतेबाट शुभारम्भ हने खोप अभियानको बागमती प्रदेश सरकारले बिहीबार शुभारम्भ गरेको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उक्त खोप अभियानको बिहीबार शुभारम्भ गरेका हुन।

शुक्रबारबाट ६५२० खोपकेन्द्रमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिन लागिएको खोप शुभारम्भ कार्यक्रममा जानकारी दिइएको छ। बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार मन्त्रालयमा खोप शुभारम्भ कार्यक्रम मार्फत खोप अभियान शुभारम्भ भएको जनाइएको थियो।खोप अभियान आगामी वैशाख १८ गतेसम्म सञ्चालन गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताएका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले शुभारम्भ कार्यक्रममा बोल्दै खोप अभियानलाई सहयोग गर्न राजनीतिक दल,स्थानीय जनसमुदाय,पत्रकार, सुरक्षानिकाय,शिक्षक सबैलाई अनुरोध गरेका छन्।

यता कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खोप अभियानले बागमती प्रदेशमा आगामी दिनमा टाइफाइडको जोखिमलाई कम गर्न सहयोग पुग्ने बताइन। त्यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको बताएका छन्। निर्देशनालयले ८० प्रतिशत भन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना खोप कार्यकर्ता खटिनेछन् भने १७ हजार नौ सय ६३ जना स्वयम्सेवक परिचालन गरिने उल्लेख गरिएको छ। साथै शुभारम्भ कार्यक्रम मार्फत मुख्यमन्त्री पाण्डे र स्वास्थ्य मन्त्री लामाले संयुक्त रुपमा खोप स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामसागर गुरागाइलाई हस्तान्तरण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*