सम्मानजनक ढङ्गले गठबन्धन नभए, माओवादी केन्द्र गठबन्धनबाट बाहिरिन्छ – मोक्तान

तामसालिङ खबर
२३ चैत्र २०७८, बुधबार १८:१२

चैत्र, हेटौडा (राक्सिराङ) – आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा राक्सिराङ गाउँपालिकामा सम्मानजनक ढङ्गबाट गठबन्धन नभए नेकपा माओबादी केन्द्र एक्लै चुनावमा जाने राक्सिराङ गाउँ कमिटिको अध्यक्ष हस्त बहादुर मोक्तानले बताए । मंगलबर वडाका चुनावी प्रचारप्रसार कमाण्डहरुसंग छलफलका क्रम्ममा अध्यक्ष मोक्तानले सो कुरा बताएको हो ।

केही दिन अघि नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी र अन्य गठबन्धन घटक दलहरु बिच राक्सिराङमा गठबन्धन गर्ने सहमती भएपनि गठबन्धन घटकका केही दलले माओवादी विरुद्ध अनावश्यक भ्रम सृजना गरिरहेकाले त्यसको विरुद्धमा लड्ने अध्यक्ष मोक्तानले बताए ।

२०७४ सालको शक्ति संष्लेषणको आधारमा भागबण्डाको लागी सर्कुलर आए त्यो मान्य नहुने मोक्ताको भनाई छ । गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुने समेत बताए ।

पार्टीले अबलम्वन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा सङ्घर्षको रणनीति पनि अपरिहार्य रहेको उल्लेख गरे । माओवादीले स्थानीय तहको निर्वाचनलाई पार्टिको “फस्ट एसल्ट” मोर्चाको रुपमा लिएको र यो मोर्चामा माओवादी पार्टि सफल हुनैपर्ने बताए ।

माओवादी केन्द्रले नजिते सम्म जनताको अबस्थामा सुधार आउन नसक्ने र पार्टिले जित हासिल गरेका सबै स्थानीय तह हरुमा राम्रो काम भएको बताउँदै त्यसबारे जनताले बुझिसकेको मोक्तानको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*