नयाँ नेपालको मार्गचित्रसहित माओवादीको सात बुँदे प्रतिबद्धता (अपील सहित)

तामसालिङ खबर
२३ चैत्र २०७८, बुधबार ०८:२६

चैत्र, काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको सरकार जनयुद्ध र जनआन्दोलनको उपहार रहेको बताएको छ । आसन्न स्थानीय तहको निर्वाचन सन्दर्भमा अपील जारी गर्दै माओवादीले जनयुद्धको क्रममा अभ्यास गरिएको जनसत्ताको विकसित र परिस्कृत अवस्था अहिलेको स्थानीय सरकार भएको बताएको हो ।

सात पृष्ठ लामो अपीलमा माओवादीले आफूलाई राष्ट्रियताको पहरेदार र जनक्रान्तिको उपलब्धिका रक्षकको रुपमा चित्रण गरिएको छ । परिवर्तनको संबाहक माओवादी नै रहेको उल्लेख गर्दै अपीलमा जस्को नीति उस्को नेतृत्वका लागि माओवादीलाई जिताउन अनुरोध गरिएको छ ।

नयाँ संविधान जारी भएपछिको माओवादी नेतृत्वको पहिलो सरकारकै पालामा सुरुभएको राष्ट्रिय गौरबका आयोजनाहरु आफ्नो पार्टीको नयाँ नेपाल बनाउने सपना रहेको भन्दै माओवादीले पुर्व–पश्चिम रेलमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण जोड्ने कोरिडोर सहित नयाँ नेपालको रणनैतिक मार्गचित्र प्रस्तुत गरेको छ ।

समाजवाद उन्मुख समृद्धिका लागि सहकारी र समूहमार्फत आम जनतालाई विकासको साझेदार बनाई आर्थिका विकास गर्ने अपीलमा भनिएको छ । आर्थिक विकास र समृद्धिसंगै सामाजिक न्यायको अभिवृद्धिमा जोड दिएको माओवादीले अपीलमार्फत विभिन्न सात बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरिएको छ ।

प्रतिबद्धता पत्र हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*