पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

तामसालिङ खबर
२३ चैत्र २०७८, बुधबार ०८:०५

चैत्र, काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य पुन: बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजे देखि लागू हुनेगरी मूल्य बढाएको हो ।

निगम संचालक समितिको बैठक मंगलबार बसेको थियो । उक्त बैठकले राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूलय बढेकाले नेपालमा पनि बढाउन बाध्य परेको निगमले जनाएको छ ।

यो सँगै अब पेट्रोल प्रतिलिटर रु १६० पुगेको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको हो । त्यस्तै डिजेलको पनि खुद्रा मूल्य १६० (प्रतिलिटर) र मट्टीतेल १४३ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तैगरी हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*