डिशहोमले ल्यायो एक वर्षमा २४ महिनाको योजना

तामसालिङ खबर
२२ चैत्र २०७८, मंगलवार २१:३३

चैत्र, काठमाडौं – डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ ।

डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्ड ट्रान्स्फरमार्फत् एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने भएका छन् ।

यो सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत् एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने डिशहोमले जनाएको छ ।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायत डिशहोम सोकेसमा लक्की–ड्र को प्रत्यक्ष प्रसारण हुनेछ ।

१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु १ लाख जित्ने यो योजनाको फाइदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन् ।

एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नम्बर १ टेलिभिजन सेवा प्रदायक हो साथै डीटीएच प्रविधिमार्फत् टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाइवरमार्फत् डिशहोम फाइवरनेट ब्राण्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*