रुपन्देहीको सिद्धार्थनगरमा गठबन्धन गर्ने सहमति

तामसालिङ खबर
२२ चैत्र २०७८, मंगलवार २१:०२

चैत्र, रुपन्देही – रुपन्देहीको सिद्धार्थनगरमा पाँच दलीय चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।

नेपाली काँग्रेस सिद्धार्थनगर समिति सभापति कोशिस खड्काको अध्यक्षतामा मंगलबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन गर्ने सहमति गरिएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्र सिद्धार्थनगर कमिटी अध्यक्ष नारायण हमाल ठकुरी, जनता समाजवादी पार्टीका अध्यक्ष अर्जुन जैसवाल, नेकपा समाजवादीका अध्यक्ष रामबहादुर बस्नेत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष नेत्र आर्चय सहभागि थिए ।

बैठकले नेकपा एमालेलाई हराउनु भन्दा पनि उसका कारण संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायतका प्राप्त उपलब्धीहरु गुम्ने खतरा भएकोले ती उपलब्धीहरुको रक्षा गर्नका लागि गठबन्धन गर्नु परेको निष्कर्श निकालिएको बैठकमा सहभागि माओवादी केन्द्र सिद्धार्थनगर कमिटी प्रबक्ता लोकेन्द्र धामीले जानकारी  दिए ।

उनका अनुसार आपसी समाजदारीमा उमेदवार छनौट गर्ने र ईमान्दारीता पूर्वक चुनावी मैदानमा खडा भई निर्वाचन गठबन्धनको पक्षमा पर्ने सहमति गरिएको छ । त्यहाँको गठबन्धनले चैत्र २४ गते बिशेष बैठक डाकिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*