मनहरी ५ को वडा अध्यक्षमा मेरो नि उम्मेवार रहन्छ – सापकोटा

तामसालिङ खबर
२२ चैत्र २०७८, मंगलवार ११:२९

चैत्र, हेटौडा (मनहरी) – स्थानीय तहको निर्वाचन नजिकिदै गर्दै पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रबाट गोबिन्द सापकोटाले वडा अध्यक्षको आकांक्षी गरेको छ।

पार्टीको वडा कमिटी अध्यक्ष समेत रहेका सापकोटाले पार्टीले आवश्यक महसुस गरेको खण्डमा आफु योग्य उम्मेदवार भएकोले वडा अध्यक्षको आकांक्षी गरेको बताए ।

२०५५ सालमा निर्मल माबिबाट अखिल क्रान्तिकारी बिद्यार्थी सङ्गठनको अध्यक्ष भई बिधार्थी राजनीतिमा होमिएका थिए । २०५६/५७ सालमा जिल्ला सदस्य तथा पश्चिम क्षेत्रको बिधार्थी आन्दोलनमा मोर्चाबन्दी गर्दै इन्चार्जको भूमिका समेत निर्बाह गरेका थिए । २०५८ साल देखि पार्टी गाउ कमिटिको सक्रिय सदस्यको भूमिकामा रहेको थियो।

सफल व्यवसायी एबम समाजसेवीको रुपमा परिचित सापकोटाले ५ नम्बर वडाको जनताको विकास, समृद्धि, रोजगारी र ब्यबसायमा सदैब लागि पर्ने बताउनु भयो । गाउँ सम्म जोड्न पक्कि पुलको निर्माण कार्यमा प्रमुख भूमिका निर्वाह गर्ने र स्वास्थ्य, शिक्षा, कृषि तथा सडक बाटोको योजना कार्यमा मुख्य भूमिका रहने बताउनु भयो।

२०७८ को गाउँपालिका सम्मेलन पछि उनि ५ नम्बर वडा पार्टी कमिटी अध्यक्ष भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*