मनहरीमा गोरखनाथ पृष्ठभुमी संरक्षण नेपाल गठन

तामसालिङ खबर
२१ चैत्र २०७८, सोमबार ०८:११

चैत्र, हेटौडा (मनहरी) – मनहरीमा गोरखनाथ पृष्ठभुमी संरक्षण नेपाल नामक धार्मिक संस्था गठन भएको छ । दिपक थिङ लामाको अध्यक्षतामा २७ कमिटीको समिती गठन भएको हो ।

मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरस्थीत महागुरु वण्डेश्वर गोरखनाथ महादेव मन्दिर प्राङ्गणमा आयोजीत कार्यक्रमले उपाध्यक्षमा राजेन्द्र बल, महासचिवमा फुर्साङ्ग लामा, सचिमा नवराज विष्ट, कोषाध्यक्षमा हिरालाल मुक्तान सदस्यहरुमा वीर बहादुर मिजार,साजन लामा लगाएतका रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

त्यस्तै, सस्थाको सल्लाहकार समिती पनि गठन गरीएको छ । कमल लामा दोङको संयोजकत्वमा हरि बहादुर मुक्तान र भिम कुमरी रखाल सहितको सल्लाहकार समिती गठन गरीएको हो ।

धर्म, संस्कृतीको संरक्षण र सम्बर्द्धनका लागि संस्था गठन गरीएको हो । अब धार्मिक संगठनलाई मुलुकका सम्पुर्ण जिल्ला तथा स्थानीय तह सम्म सकृय भई बिस्तार गर्दै अघि बढ्ने अध्यक्ष लामाको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*