बैज्ञानिक मोडेलको गठबन्धनले पार्टीलाई असर हुदैन – केन्द्रिय सदस्य कुमारी मोक्तान

तामसालिङ खबर
२१ चैत्र २०७८, सोमबार ११:०५

चैत्र, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले स्थानिय तहबाट पार्टीको गतिविधि र अवस्थाबारे रिपोर्टिङ गर्दा सहि सत्य तरिकाले गर्न सुझाब दिएका छन ।

आइतबार मनहरीमा भएको गाउँकमिटीको अगुवा कर्याकर्ता राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै मोक्तानले उक्त सुझाब दिएको हो । स्थानीय तहबाट पार्टीको गतिविधिबारे जस्तो रिपोर्टिङ गर्छ तेहि अनुरुप जिल्ला, प्रदेश र केन्द्रले मुल्यांकन गरि योजना बनाई चुनावी मैदानमा उत्रिनु पर्ने हुँदा सहि रिपोर्टिङ गर्न आग्रह गरे ।

यदि स्थानीय तहबाट सहि रिपोर्टिङ भईदिएन भने चुनावी परिणाम उल्टो आउन सक्ने भन्दै कार्यलाई सतर्कता गराए । पार्टिलाई दिर्घकालिन असर हुने गरि गतिविधि नगरौ बरु आवश्यकताको आधारमा गठबन्धनमा सहभागी बनौ, मोक्तानले भने ।

गठबन्धन गर्‍यो भन्दैमा आत्तिनु पर्ने स्थिति छैन । बिगतमा हामिले गलत मोडलमा गठबन्धन गर्यौ त्यसको परिणाम हामी माझ छर्लङ्ग छ। आवश्यकताको आधारमा नयाँ बैज्ञानिक मोडेलको गठबन्धनमा सहभागी भयो भने हामिलाई कुनै असर पर्दैन, उहाँले बताउनु भयो।

त्यस्तै, माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) ले माओवादी जनताको पार्टी भएकाले नेता कार्यकर्ता जनता माझ जादा अनुसाशित भएर जानू पर्ने बताए । पार्टीको आचारसहिता विपरीत काम गरेमा कुनै पनि हालतमा माफी नदिई कारबाही गरिने बताए ।

गाउँपालिकाको एक नम्बर वडा देखि नौ नम्बर वडा सम्मको रिपोर्टिङ्ग गरेको थियो । समग्र गाउँपालिका भित्रको गतिबिधि बारे इन्चार्ज राजकुमार पाख्रिनले राख्नु भएको थियो ।

माओवादी केन्द्र मनहरी गाउँपालिका चुनाबी कमान्डर वीर बहादुर घलान (ज्वाला) को सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेका थिए ।

कार्यक्रममा बागमती प्रदेश कमिटीका उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), पूर्व बिद्यार्थी नेता तथा केन्द्रिय सदस्यद्वय बिजय गौतम, सन्तोष बिष्ट, जेष्ठ कम्युनिष्ट द्वय रामहरी सुबेदी, बुद्धरत्न लामा, पार्टीको जिल्ला समन्वय समिति सदस्य आनन्द घलान, हिराबहादुर स्याङ्गतान, केशब सुबेदी, मनहरी इन्चार्ज रामकुमार पाख्रिन, गाउँ कमिटि अध्यक्ष राम प्रसाद कालाखेती, सचिब सन्जिब पाठक, गाउ कमिटिका ध्रुब खडका लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*