चितवनका गठबन्धन दलबीच तालमेल गर्ने निर्णय

तामसालिङ खबर
२१ चैत्र २०७८, सोमबार १२:५६

चैत्र, काठमाडौं – चितवनको सत्ता गठबन्धन संयन्त्रले जिल्लाका ७ वटै स्थानीय तह र जिल्ला समितिमा समेत चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । चितवन माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला हो ।

यहाँको भरतपुर महानगरपालिकामा आफ्नो दाबी गर्दै प्रचण्डले छोरी रेणु दाहाललाई पुन: मेयरमा उठाउन केन्द्रबाटै तालमेलको तयारी गरिरहेका छन् ।

आसन्न स्थानीय चुनावलाई लक्षित गर्दै बसेको बैठकले ४ बुँदे निर्णय गरेको छ । निर्णयअनुसार जिल्लाका सबै पालिकामा गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि नेपाली कांग्रेसको सम्बन्धित पालिका सभापतिको नेतृत्वमा संयन्त्र बनाउने निर्णय गरेको छ ।

त्यस्तै गठबन्धनमा सहभागी दलहरूबीच गठबन्धनको मर्म र भावना अनुरुप एक-आपसमा सम्मान र हार्दिकताको विकास गर्ने र सबै दलको वस्तुस्थितिको प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी कार्यदल बनाइएको छ ।

चितवनको गठबन्धन संयन्त्रमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपाका प्रेम भुजेल र राजमोका अध्यक्ष डम्बर पुरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*