स्थानीय तह चुनाव : मनहरी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षको दावी नछाड्ने

माओवादीलाई सर्मथन नगरे गठबन्धन बाहिर रहेर चुनाव लड्ने तयारी
तामसालिङ खबर
२१ चैत्र २०७८, सोमबार १२:२९

चैत्र, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मनहरी गाउँपालिका अध्यक्ष पदको उम्मेदवारीको दाबी गरेको छ ।

केन्द्रको निर्देशन अनुसार मनहरीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादी बिच गठबन्धन हुनेछ । गठबन्धनमा रहेका अन्य दलले अध्यक्ष पदको उम्मेवारीको दाबी गरे पनि मनहरीमा माओबादी केन्द्रले भने अध्यक्ष आफ्नो पार्टीको तर्फबाट हुनु पर्ने जिकिर गरिरहेका छन ।

अन्य पार्टी भन्दा माओबादी केन्द्र मनहरीमा माथि रहेको, जनचाहना अनुसार मनहरीलाई तिब्र रुपमा विकास गर्नका लागि बैज्ञानिक ढंगकोे स्मार्ट मनहरी निर्माणको योजना माओवादीमा मात्र रहेकाले मनहरीमा माओबादीको विकल्प नरहेको नेकपा माओवादी केन्द्र बागमति प्रदेशका सचिवालय सदस्य बिर बहादुर घलान (ज्वाला)ले बताए ।

गत स्थानिय तहको निर्वाचनमा माओवादीले जितेको स्थानमा उदाहरणीय रुपमा विकासको लहर आएको र त्यहि गतिमा मनहरीलाई अगाडी बढाउन माओवादी केन्द्रको नितिलाई लागु गरि सबै किसिमका विकासलाई तिब्र रुपमा अगाडी बढाउनका लागि मनहरीमा माओबादी केन्द्रको खाँचो रहेको ज्वालाले बताए ।

हामी विकास चाहन्छौ, हाम्रो पार्टीले जितेको स्थानमा सुकुमबासीहरुले लाल पुर्जा पाएका छन, सामाजिक, आर्थिक, साँस्कृतिक र भौतिक रुपमा पनि जनताले प्रत्यक्ष अनुभुति हुने गरि विकास भएका छन ज्वालाले भने । अन्य पार्टीले जितेका स्थानिय तहको हालत र लोकतन्त्र अघिको स्थानिय तहका सरकार विचमा कुनै फरक नरहेकाले यो निर्वाचनमा माओबादी केन्द्रले मनहरीमा तित्नुको कुनै विकल्प नरहेको बताए ।

त्यसै गरि नेकपा माओवादी केन्द्रलाई अध्यक्षको उम्मेरवारीमा गठबन्धनमा रहेका अन्य दलले सहयोग नगरे मनहरीमा माओबादी केन्द्र गठबन्ध बाहिर बसेर आफ्नौ ढंगले चुनाव लड्ने माओवादी केन्द्र मनहरीका ईन्चार्ज राजकुमार पाख्रिनले बताए । उहाँहरुले अध्यक्षको उम्मेरदवारी दावि गर्नु पाउनु हुन्छ तर नैतिक रुपमा हाम्रो पार्टीको उम्मेरदावरीलाई सर्मथन गर्नेमा विश्वस्त छु ।

त्यस्तै गरि, नेकपा माओबादी केन्द्रलाई अध्यक्षको उम्मेरवारीमा गठबन्धनमा रहेका अन्य दलले सहयोग नगरे मनहरीमा माओवादी केन्द्र गठबन्ध बाहिर बसेर आफ्नौ ढंगले चुनाव लड्ने ईन्चार्ज पाख्रिनले बताए । उहाँहरुले अध्यक्षको उम्मेरदवारी दावि गर्नु पाउनु हुन्छ तर नैतिक रुपमा हाम्रो पार्टीको उम्मेरदावरीलाई सर्मथन गर्नेमा विश्वस्त छु – पाख्रिनले भने । हाम्रो उम्मेरदवारीमा उहाँहरुले सर्मथन जनाउनु भएन भने , हामी उक्लै लड्छौ , मनहरीमा हाम्रो पार्टी सक्षम छौ-उनले भने ।

पार्टीको मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतिले गठबन्धका अन्य दलले मनहरीमा माओबादीको सर्मथन गर्नुको विकल्प नरहेका बताए । माओबादीलाई समर्थन नगरे आफैलाई घाटा हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*