आज देखि सबै पेट्रोल पम्प खोल्ने सहमति

तामसालिङ खबर
२० चैत्र २०७८, आईतवार ०६:०९

चैत्र, काठमाण्डौ – नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति भएको छ । सहमति सँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ।

पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।

शनिबार निगमको केन्द्रीय कार्यालय टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समितिसँग वार्ता भएको थियो। सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*