मकवानपुरमा स्थानीय तह निर्वाचनको लागि ५ दलिय गठबन्धन हुने

तामसालिङ खबर
१९ चैत्र २०७८, शनिबार ०६:१८

चैत्र, हेटौडा – आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा गठबन्धन हुने भएको छ ।

नेपाली कांग्रेस सहित सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले आगामी स्थानिय निर्वाचनमा मकवानपुरमा गठबन्धन गरेर अगाडी बढ्ने निर्णय गरेको हो ।

गठबन्धनका लागी बैठकले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको संयोजकत्वमा ५ दलिय संयन्त्र समेत निर्माण गरेको बताईएको छ ।

संयन्त्रको सदस्यमा नेकपा माओवादी केन्द्रका तर्फबाट सर्केश घलान,नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका तर्फबाट सोनाम सिं स्याङ्तान, जनमोर्चा नेपालका तर्फबाट नीर बहादुर सिन्तान रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

गठबन्धन दलको शनिबार पालिका स्तरीय संयन्त्र समेत निर्माण हुने बताइएको छ । कांग्रेस मकवानपुरको पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा जिल्लाका पार्टीका शिर्ष नेताहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*