मनहरी १ लाई समृद्ध वडा बनाउने लक्ष्य राखेको छु – जिम्बा

तामसालिङ खबर
१९ चैत्र २०७८, शनिबार ०६:१३

चैत्र, हेटौडा (मनहरी) – आगमति बैशाख ३० गतेको लागि स्थानीय तहको निर्वाचन समय तालिका तोकिदि गर्दा बिभिन्न स्थानमा चुनावी सरगर्मी पनि बढ्दै गएको छ ।

यसैविच राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेको छ भने बिभिन्न व्यक्तीहरु पदको आकांक्षी देखिएका छन् । यसैक्रममा स्थानीय तहको मनहरी गाउँपालिका वडा नम्बर १ को लागि नेकपा माओवादी केन्द्रबाट शिशुकुमार जिम्बाले वडाअध्यक्ष पदको आकांक्षीमा देखिएका छन् ।

२०६७ सालबाट बिद्यार्थी राजनिति क्षेत्रबाट सुरु गरिएका उनि पार्टीको वडा कमिटी अध्यक्ष हुन् । २०७८ साल भएको गाउँ सम्मेलनबाट पुन: वडा कमिटी अध्यक्ष पदको कार्यभार सम्हालिरहेका उनि बिभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक कार्यमा रमाउने बानी परेको उल्लेख गर्दै जनप्रतिनिधि भई वडा अध्यक्ष पदको आकांक्षी देखिएका हुन् ।

रोजगारीको सिलसिलामा कुवेतमा २ वर्ष बिताएका जिम्बाले प्रवास स्थिति संघसंस्था संग र बैदेशीक रोजगारीमा रहेका युवाहरुसङ्ग सहयोग संकलन गरेर मनहरी गाँउपालिकाको १ मा मृगौला पीडित अग्नि पीडित र विदेशमा बेचिएको चेलीबेटीहरुलाई उद्वार गर्न समेत सहयोग गराउन सफल भएका थिए।

राजनिती क्षेत्रमा काम गरेको अनुभव र आफुले तय गरेको भावी योजनाबाट जिम्बाले समृद्द मनहरी गाँउपालिका १ नम्बर बडा बनाउने उद्येश्य सहित उम्मेदवारी रहने बताएका हुन्।

कुवेत रहदा पनि नेकपा माओवादी केन्द्रको भादृ संगठन जनप्रगतिशिल मन्च कुवेतको सद्स्य रहेका जिम्बाले आफू अध्यक्षयमा विजयी भएमा सम्पुर्ण वडाबाशीको लागि स्तरिय शिक्षा निःशुल्क स्वास्थ्य उपचार सेवा, घर घरमा बिजुली पुर्याउने खानेपानीको व्यवस्था हरेक सडक बिस्तारमा जोड रहने बताए।

आफु विजयी भएमा वडाबासीको चाहाना र योजना अनुसारै काम गर्ने र ५ वर्षको कार्यकालमा सिमान्तकृत र भुमिहिनको लागि व्यवस्थित बसोबासको व्यवस्था गर्ने,बेरोजगारहरुलाई रोजगारीको चासोमा कामगर्ने र नागरिकहरुलाई निराश हुन कहिल्यै नदिने बताएका हुन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*