भिजनमुखी युवाको अपरिहार्य रहेकोले मनहरी ५ को वडाध्यक्षमा आकांक्षी गरेको हु – अधिकारी

तामसालिङ खबर
१८ चैत्र २०७८, शुक्रबार ११:५५

चैत्र, हेटौडा (मनहरी) – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा दिपेन्द्र अधिकारीले आकांक्षी ब्यक्त गरेका छन्। अहिलेको अबस्थामा गाउँ वडालाई स्वच्छ गतिबिधिलाई ताजा बनाई बिकास निर्माणमा भिजनमुखी युवाको अपरिहार्य रहेकोले अध्यक्षमा आकांक्षी गरेको हुँ , उनले भने।

हाल नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका कमिटिको सचिवालय सदस्य तथा ५ नम्बर वडा इन्चार्जको रुपमा रहेको अधिकारीले २०६१ सालबाट गाउँकै श्री भोज सिद्ध माध्यमिक बिद्यालयको अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थी संगठनबाट राजनैतिक यात्रा शुरु गरेका थिए ।

लोकप्रिय रहेका २०६४/०६५ सालमा अखिल क्रान्तिकारी निर्मल उच्च माध्यमिक बिद्यालय कमिटिको अध्यक्ष भएका थिए ।

त्यस्तै, बिद्यार्थी संगठनको निर्बाचन क्षेत्र नम्बर ४ अध्यक्ष तथा जिल्ला स-सचिबको रुपमा कार्यभार सम्हालेका थिए । २०७३ साल देखि २०७७ साल सम्म वाईसिएल नेपाल मनहरी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य भएका थिए ।

गाउँमा युवापुस्ताहरु माझ लोकप्रिय रहेका वडा अध्यक्षको आकांक्षी अधिकारीले आफू विजयी भएमा सम्पूर्ण वडाबासीहरुको हितको लागि वडा मै बसेर काम गर्ने, स्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, घर-घरमा बिजुली एक घर एक धारो खानेपानीको व्यवस्था, रजैया दर्दरा राप्ती पक्का पुल निर्माणमा पहल गर्ने योजना सम्म बनाएका छन्।

त्यस्तै, ५ वर्षको कार्यकालमा सीमान्तकृत र भूमिहीनको लागि व्यवस्थित बसोबासको व्यवस्था ऐलानी जग्गाको लालपुर्जाको समस्या समाधानको पहल गरि गाउमै रोजगारीको अवसर सिर्जना गर्ने गरी समृद्ध वडा बनाउने काम गर्ने र नागरिकलाई निराश हुन नदिने लक्ष्य रहेको अध्यक्षको आकांक्षी अधिकारीले बताउनु भयो।

हाल उनि नेकपा माओबादी केन्द्र मनहरी गाउँ कमिटि सचिवालय सदस्य तथा ५ नम्बर वडा इन्चार्ज र वाईसिएल नेपाल बागमती प्रदेश कमिटी सदस्य एबम वाइसिएल नेपाल निर्वाचन क्षेत्र नं २ (ख) को इन्चार्जको रुपमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*