‘प्रसाई जी सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन’ – दीपशिखा

तामसालिङ खबर
१८ चैत्र २०७८, शुक्रबार ०९:३८

चैत्र, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ दुर्गा प्रसाइँ माथि खनिएका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै दीपशिखाले दुर्गा प्रसाईँलाई मानसिक सन्तुलन ठिक नभएको टिप्पणी गरेका हुन् । नेकपा (एमाले)केन्द्रीय सदस्य समेत रहेको व्यवसायी दुर्गा प्रसाईलाई माओवादी केन्द्रले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन ठिक नभएको ‘दीपशिखा’को टिप्पणी छ ।

उनले भनेका छन्, ‘नेकपा (माओवादी केन्द्र)ले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन कसरी ठिक होस् त !’

उनले प्रसाईको भनाइले आफूहरु मुख खोल्न बाध्य हुनुपर्ने हो भन्दै प्रश्नसमेत गरेका छन् । उनले प्रसाईलाई सन्तुलन नगुमाइ जथाभावी मुख नचलाउनसमेत चेतावनी दिएका छन् ।

‘प्रसाई जि, हामीले मुख खोल्नपर्ने हो ? सन्तुलन नगुमाउ, थुतुनो जथाभावि बोल्नलाई मात्रै होईन।’ उनले लेखेका छन् । त्यस्तैगरी दीपशिखाले नेकपा एमालेले एक कार्यक्रममा २२ हजारलाई एमालेमा प्रवेश गराएको भनाइलाई खण्डन गर्दै २०० पनि उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गराइयो भन्दै हास्य श्रृखला चलाएको टिप्पणी गरेका छन् । यो श्रृखलाले हाँसो नै लजाएको उल्लेख गरेका छन् ।

‘अँ हामीले २०० उपस्थित नभएको कार्यक्रममा २२ हजार प्रवेश गरेको हास्य शृंखला हेर्यौं १ हॅासो लजाएर लाज मर्नु भा’को छ,’ उनले भनेका छन्।

एमाले केन्द्रीय सदस्य प्रसाईँले बुधबार भक्तपुरमा तरकारी बजार उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले आगामी निर्वाचनमा एक क्षेत्र जिते आफ्नो सबै सम्पति त्यागेर वृन्दावान जाने भन्दै कटाक्ष गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*