नेकपा (एकिकृत समाजवादी) राक्सिराङद्वारा निर्वाचन परिचालन कार्यदल गठन

तामसालिङ खबर
१८ चैत्र २०७८, शुक्रबार ०८:५७

चैत्र, हेटौडा (राक्सिराङ) – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) राक्सिराङ गाउँपालिकाले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कार्यदल गठन गरेको छ ।

स्थानीय निर्वाचलनलाई केन्द्रित गरि पार्टीको बैठक, छलफल तथा प्रशिक्षण कार्यक्रम तय गर्ने तथा मातहातका कमिटिहरुलाई निर्देशन दिने, संगठनलाई बलियो बनाउन विभिन्न गतिविधि तिव्र बनाउने लगायत प्रचारप्रसार समेतलाई ब्यापक गराउन भुमिका खेल्ने गरि कार्यदल निर्माण गरिएको पार्टीका गाउँपालिका कमिटि अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए ।

कार्यदलको संयोजकको जिम्मेवारी पार्टी गाउँपालिका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर चेपाङलाई दिइएको छ । चेपाङको संयोजकत्वमा राक्सिराङबाट प्रतिनिधित्व गर्ने सम्पुर्ण जिल्ला कमिटि सदस्यहरु कार्यदलको सदस्य रहेका छन् ।

त्यस्तै गाउँपालिका कमिटिका सम्पुर्ण पदाधिकारीहरु, युवा संघ, अनेमसंघ, भुपु सैनिक संगठन, बुद्धिजिवी परिषद, खेलकुद महासंघ लगायत भातृ संगठनका जिल्ला तथा केन्द्र तहका नेताहरु र गाउँ कमिटिको पदाधिकारीहरु कार्यदलको सदस्य रहेका छन ।

कार्यदलले कुन दिन, कुन क्षेत्रमा पार्टीका कस्तो खालको गतिविधि गर्ने हो तय गर्नेछ, – गाउँपालिका कमिटी अध्यक्ष तामाङले भने – निर्वाचनको तयारीका सवालमा कार्यदलको निर्णय शक्तिशाली र महत्वपुर्ण रहनेछ । उनले निर्वाचनमा गठबन्धन भएको खण्डमा अन्य दलहरुसँग वार्ता गरि सहमति जुटाउने सम्मको अधिकार कार्यदलको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*