मनहरी गाउँपालिकाको अध्यक्ष बन्न माओवादी केन्द्रबाट तीन जनाको आकांक्षी

नेकपा माओवादी केन्द्रबाट प्रदेश कमिटी सदस्य वीरबहादुर घलान (ज्वाला), गाउँकमिटी अध्यक्ष रामप्रसाद कालाखेती र सचिब संजिव पाठकको दाबी
तामसालिङ खबर
१७ चैत्र २०७८, बिहीबार १७:१३

चैत्र, मनहरी – आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई लिएर मकवानपुरमा विभिन्न दलबाट उम्मेदवारी घोषण भईरहँदा २०७४ सालको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकामा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र दुई वटा वडामा मात्रा सिमित भएको थियो । यस पटकको निर्वाचनमा भने अध्यक्ष सहित आफ्नो प्रभाब रहेको वडाहरु ल्याउने दाउमा छन् ।

अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट तीन जनाको आकांक्षी देखिएको छ । माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य वीरबहादुर घलान (ज्वाला), मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती र सचिव सन्जीब पाठकले अध्यक्ष पदको लागि दाबी गरेको हो । ३ जनाको दाबेदारबाट को बन्लान् उम्मेदवार ? यसको पर्खाइमा पार्टीका कार्यकर्ता र जनतामा चासोको विषय बनेको छ ।

बिगतको कमीकमजोरीलाई औल्याउदै हामीले टोल, वडा कमिटी, सह-संगठनहरुलाई सक्रिय बनाएको छौ । सबै स्थानमा नियमित रुपमा चुनाबी तयारी बैठक भैरहेको गाउँकमिटी सचिब सन्जिब पाठकले बताए ।

वीरबहादुर घलान (ज्वाला)
गणतन्त्र प्राप्तिका लागि सशस्त्र आन्दोलनमा लागि परेका थिए ज्वाला । हालसम्म कुनै सार्बजनिक पद धारण नगरेका उनि जनप्रतिनिधि भई जनताको सेवाको लागि गाउँपालिका अध्यक्ष पदमा आकांक्षी देखिएको छ ।

बिस २०५५ सालमा तामाङ मुक्ति मोर्चाबाट राजनीतिक यात्रामा होमिएका उनि गणतन्त्र प्राप्तिको लागि २०५६ साल देखि सशस्त्र आन्दोलनमा माओवादी सेनामा पुगे । २०५८ मा जिल्ला सैनी कमाण्डर लगतै पार्टी जिल्ला सचिवालय सदस्य समेत भएका थिए ।

विभिन्न मोर्चामा आवद्ध भई गणतन्त्र प्राप्तिको लागि हिडेको कुशल कमाण्डरको रुपमा ज्वालालाई चिनिन्छ । २०६२ साल बैशाखमा बन्दीपुर-सिराहामा घाईते हुन पुग्यो । दुवै खुट्टा भाचियो, उपचारमा रह्यो लगतै पुलिस हिरासतमा ३ बर्ष बिताएका थिए ।

शान्ति प्रक्रिया संगै उनि २०६४ सालमा रिहा भएका थिए । प्रतिगमनकारीहरुको बिरुद्धमा लाग्नको लागि उनि पुन: मूल राजनीतिक तर्फ समाहित भयो । नेकपा हुँदा उनि प्रदेश कमिटीको सदस्य भए । आठौँ राष्ट्रिय महाधिबेशन पछि उनि नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य भएका छन्।

निडर स्वभाब, कुशल नेतृत्वकर्ताको रुपमा चिनिएको ज्वाला उत्पीडित वर्गको लागि सधै अग्र भागमा रहने बताउनु हुन्छ । गाउँको बिकास संगै भ्रष्टाचार मुक्त पालिका बनाउने लक्ष्य लिएको उनले २४ बर्षे राजनीतिक यात्रालाई गाउपालिकाको नेतृत्व गर्न अघि सरेका छन् ।

रामप्रसाद कालाखेती
बिस २०४८ सालमा देखि राजनीतिक क्षेत्रमा होमिएका कालाखेती हालसम्म गाउमै अनवरत रुपमा सामाजिक सेवामा तल्लिन रहेको छ।
राजनीतिक कार्य, सामाजिक सेवा लगायत विभिन्न सामाजिक सस्थामा कार्य गरेको अनुभब बटुल्दै उनले यसपालिको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पाउनु पर्ने भन्दै आकांक्षी ब्यक्त गर्नु भएको हो ।

नेकपा एमालेको बिद्यार्थी संगठन (अनेरास्ववियु) बाट राजनीतिक यात्रा शुरु गरेका बिस २०५४ मा राप्रपा निकट प्रजातान्त्रिक युवा संगठनको हाँडीखोला अध्यक्ष तथा जिल्ला सदस्य बने । बिस २०५८ मा कुनै दल निकट नभई स्वतन्त्र भई बसेका थिए ।

बिस २०५९ सालमा माओवादीमा प्रवेश गरेका उनि २०६२/६३ को जनअन्दोलन पछिको शान्ति प्रक्रिया भएपछी सार्बजनिक भएका थिए । २०७० सालमा पार्टी फुट भएपछी मोहन बैद्यको नेतृत्वमा नेकपा माओवादीको हाँडीखोला सह-इन्चार्ज र जिल्ला कमिटि सदस्य भए । २०७४ सालमा पुन: माओवादी केन्द्र मै समाहित भए लगतै एकता प्रक्रियाको केन्द्रिय सदस्य भएका थिए ।

२०७४ सालमा मनहरी गाउँपालिका कमिटिको अध्यक्ष बनेका थिए भने पार्टीको जिल्ला समन्वय समितिको सदस्य भएका थिए । २०७८ सालको दोस्रो गाउँपालिका सम्मेलन पछि पुन: अध्यक्षमा चयन भएका थिए । ३० बर्षे राजतिनिक यात्रामा गाउमै रहेर जनताको सेवामा तल्लिन रहेका उनि जनप्रतिनिधि भई सिंगो पालिकाबाट सेवामुखी काम गर्न गाउँपालिका अध्यक्षको दाबि गरिएको उनको भनाई छ ।

समाजसेबी, निडर स्वभाबका उनि गाउँमै रहेर जनताको सेवामा निरन्तर जोडिएका कुशल नेतृत्व कर्ताको रुपमा चिनिन्छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्रमुख प्राथमिकतामा दिदै समृद्ध गाउँपालिका बनाउने लक्ष्य, गाउँपालिकाको करोडौ बेरुजु बजेटलाई शुन्यमा झर्ने लक्ष्य लिएका उनि पार्टीको निर्णयको पर्खाईमा रहेको छ ।

सन्जिब पाठक
भूमिगत बिद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका उनि २०६० सालमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष भएका थिए । २०६३ मा मकवानपुर धादिङ अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी जिल्ला सचिव रहेर काम गरेको थियो।

राजनिति क्षेत्रदेखि बिभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक कार्यमा ब्यस्त रहने पाठक पालिका अध्यक्ष पदको आकांक्षी देखिएका हुन् ।

रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहदा पाठकले हाँडीखोलाको प्रवासी युवाहरु संग सहयोग संकलन गरेर हाँडीखोलाको स्वास्थ्य चौकीलाइ १ थान भिडियो एक्सरे मेसीन एम्बुलेन्स हस्तान्तरण गराउन सफल भएका थिए ।

प्रवासमा रहदा पार्टीको प्रवासी कोरिया संगठन केन्द्रिय सदस्य भएका थिए । पुन: स्वदेश फर्के संगै २०७४ मा पार्टीको जिल्ला समन्वय समितिको सदस्य भए। राजनिती क्षेत्रमा काम गरेको अनुभव र शैक्षिक क्षेत्रमा पनि सफल भएको बताउने हाल जिल्ला समन्वय समिती सदस्य समेत रहेका नेकपा मओबादी केन्द्रमा गाँउ कमिटिका सचिव पाठकले भिजनमुखी युवाको अपरिहार्य रहेकोले पालिकाको नेतृत्व लिन अघि सरेको उनले बताए।

आफु विजयी भएमा पालिकाबासीको चाहाना र योजना अनुसारै काम गर्ने र ५ वर्षको कार्यकालमा सिमान्तकृत र भुमिहिनको लागि व्यवस्थित बसोबासको व्यवस्था गर्ने,बेरोजगारहरुलाई रोजगारीको चासोमा कामगर्ने र नागरिकहरुलाई निराश हुन कहिल्यै नदिने बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*