एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा

तामसालिङ खबर
१६ चैत्र २०७८, बुधबार १६:४१

चैत्र, काठमाडौं – प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरिएको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।

पत्रकार सम्मेलनमा प्रदेशका एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले उक्त ठेक्काको मुख्य जिम्मेवार मुख्यमन्त्री केसी नै रहेको बताउँदे तत्काल पदबाट राजीनामा दिनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*