इलाम देखि जाजरकोटसम्म नौवटा सुरुङमार्ग

पत्रपत्रिकाबाट
१० चैत्र २०७८, बिहीबार ०७:२२

चैत्र, काठमाडौं – अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्य सहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ ।

त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो । सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार शक्तिखोर–मझिमटार ९चितवन० र सुनमाई–राजदुवाली ९इलाम० सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसैगरी बागलुङ–बेउ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, नवलपरासीको दुम्कीबास–बर्दघाट र कास्कीको हेम्जा–नयाँपुल सडक सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको छ ।

त्यसैगरी रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला) सडक सुरुङ जाजरकोटरजुम्ला, प्रवाश–जोरटे ९पाल्पा० सडक सुरुङ र ताथाली रवियोपी सडक सुरुङ निर्माणका लागि आशयपत्र माग गरिएको छ ।

प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययन पचासरपचास लाख रुपियाँको लागतमा गरिने अनुमान गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*